समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

फताङलुङ् गाउँपालिकाको ओझेलमा रहेको माङ ‘छाँगा झरना ब्यपक प्रचार–प्रसारमा,

सेवालुङ खवर | श्रावण २४ गते २०८२

ताप्लेजुङ /ताप्लेजुङ जिल्लाको फताङलुङ गाउँपालिकामा तिन सय ७५ मिटर अग्लो माङ ‘छाँगा झरना ओझेलमा रहेको र यो झरना पर्यटकको पर्खाइमा रहे सगै ब्यपक स्थानीयहरुले प्रचार–प्रसारमा ल्यएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यस जिल्लाको एक अग्लो झरनापनी हो । माथिबाट झरेको पानीको फोहोराले स्थानीय आन्तरीक पर्यटक,वाहार्य पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । फताङलुङ गाउँपालिकका –४ ईखाबु खुपातलमामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक स्थानी पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके यस माङछाँगा झरना राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयको बुझाइ छ । झरनाको विकासका लागि फताङलुङ गाउपालिका तथा प्रदेश सरकारको चासो भने त्यती देखिदैन, त्यहाँ पुग्नको लागि सिँढी बनाएर अस्यी बाटो निर्माण रहेको स्थनीयको भनाई छ । भौगोलिकरुपमा विकट ठाउँमा झरना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ । यहाँ वैशाखको नयाँ वर्षमा भए पनि अन्य समयमा पनि भरना हेर्न तथा त्यहाँ रहेकोे दर्शन गर्न मानिस पुग्ने गरेका छन् । झरना स्थलमा झरना आसपासमा बस्न तथा खानको लागि उचित प्रबन्ध नहुँदा समस्या हुने स्थानीय बताउछन् । सुन्दरताको चिनारी बनाएको समेत महत्वपूर्ण रुपमा रहेको स्थानीयबासीको भनाइ छ । यहाँ रहेको माङ छाँगा झरनामा दर्शन गरेमा चिताएको काम पूरा हुने मनो आकांक्षापनी पूराहुने जनविश्वास रहेको छ । उक्त्त झरनालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्गमा व्यवस्थित गर्नसके पर्यटकलाई आउन जान सहज हुने बताइएको छ । पर्यटकीयसँगै सबै आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीय स्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय मौसम काम्बाङ लिम्बूले बताए । माङ ‘छाँगा झरना लाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने पनी स्थाीिय निकाय मार्फत उद्देश्य रहेको को छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर गाउँपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने स्थानियहरुले बताए । फताङलुङ गाउँपालिकामा इतिहास बोकेको र स्थान रहेकाले यसलाई धार्मिक तथा,स्कृतीक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको पनी स्थानियहरु बताउछन् । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर एकीकृत रुपमा विकास गर्ने स्थानी यूवाहरुको भनाइ छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्