समय : ०९:५१ am | मङ्गलबार , भाद्र ३० गते २०८३

तिन राजनीतिक संगठनद्धारा साउन २२,गते आमहड्तालकोे घोषणा,

सेवालुङ खवर | श्रावण २१ गते २०८२

ताप्लेजुङ/,ताप्लेजुङमा विभिन्न राजनीतिक संगठनहरूले साउन २२ गते अरुण पूर्वका ९ जिल्लामा आमहडताल गर्ने घोषणा गरेको छ । विक्रम संम्वत १८३१ साउन २२ गते तत्कालीन गोरखा कान्तिपुर नेपाल र लिम्बुवान बीच भएको सन्धि कार्यान्वयनको माग राख्दै लिम्बुवान क्रान्तिकारी पार्टी, लिम्बुवान राष्ट्रिय मार्चा,संघिय लिम्वुवान पार्टी,का संगठनहरूले साउन २२ गते अरुण पूर्वका ९ जिल्लामा आमहडताल गर्ने घोषणा गरेको हो । अरुण पूर्वका ९ जिल्लाहरुमा लिम्बुवानसँग उक्त मिति१८३१ साउन २२ गते मा सम्झौता भएको तसली लालमोहर, सन्धि कार्यान्वयनको दबाब स्वरूप अरुण पूर्वका ९ जिल्लामा आमहडताल कार्यक्रमको घोषणा भएको लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोकले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा गर्दै बताउनु भयो । पटक पटक सन्धि पुनर्ताजकी भएर पनि कार्यान्वयन नहुनुमा दुःखद मान्दै तत्काल सन्धि कार्यान्वयन गर्न उक्त पार्टीका अध्यक्ष हेल्लोकसहित लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष पालुङ्वा दिल ’याक्थुङ ’ र संघीय लिम्बुवान पार्टीका अध्यक्ष मित्र लिङ्देन ’ मिसाम ’द्वारा संयुक्त रूपमा हस्ताक्षर सहित मागराख्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त मिति ( साउन २२ ) लाई कालो दिनको रूपमा मानी दबाब दिनका लागि आमहडताल घोषणा गरिएको लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोकले बताउनु भयो ।

प्रेस विज्ञप्ती

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्