समय : ०९:१५ am | मङ्गलबार , भाद्र ३० गते २०८३

ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाद्धारा शिक्षक निधनप्रती शोक बिदा,

सेवालुङ खवर | श्रावण १३ गते २०८२

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सवारी दुर्घटनामा परी शिक्षकको निधन भएपछि शोक बिदा दिएको छ । गाउँपालिकाले वडा नम्बर ३ सिकैँचास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भावना विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै आज सोमबारका लागि शोक बिदा दिएको हो ।

गाउँपालिकाका लेखा अधिकृत श्यामप्रसाद खतिवडाका अनुसार सोमबार एकदिन पालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको छ । शिक्षक विश्वकर्माको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्षस्तरीय निर्णयअनुसार शोक विदा दिएको लेखा अधिकृत खतिवडाद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिउको छ ।

आइतबार बिहान सदरमुकाम फुङ्लिङदेखि फुङ्लिङ नगरपालिका–११ फावाखोलातर्फ जाँदै गरेको मे १ ज ३२९६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शिक्षक विश्वकर्माको मृत्यु भएको हो । फावाखोलाको वनपालामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइने हुनुभएकी २८ वर्षीया शिक्षक विश्वकर्माको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त बोलेरो जिप दुर्घटनामा परी चालक फावाखोला निवासी ३३ वर्षीय सविन बिष्ट गम्भीर घाइते हुनुभएको छ । घाइते बिष्टको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार नै जिल्लाबाहिर सुविधासम्पन्न अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिप ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार जिपमा चालक बिष्ट र शिक्षक विश्वकर्मा मात्र सवार रहनुभएको थियो । चन्द्र पन्दाक ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्