समय : ०९:१५ am | मङ्गलबार , भाद्र ३० गते २०८३

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु ,

सेवालुङ खवर | श्रावण १२ गते २०८२

ताप्लेजुङ - ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा मे १ ज ३२९६ नम्बरको बोलेरो आइतबार बिहान करिब ९ बजे दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाईते हुनु भएका अन्दाजी २८ वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक सविन विष्ट मात्र रहेको बताइएको छ । चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । उहाँको अवस्था सामान्य रहेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट घटनास्थलमा प्रहरीको टोली पठाइएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।रेडियो तमोर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्