समय : ०६:४७ am | मङ्गलबार , भाद्र ३० गते २०८३

ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

सेवालुङ खवर | असार १८ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते हुनु भएको छ । स्थानीय हस्त बहादुर कटुवालको घर पहिरोले पुरिँदा ५) वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भिर घाईते हुनु भएको हो । अन्य चार जनाको अवस्था सामान्य रहेको छ । कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएर परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्न बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति करिब १ बजेको समयमा पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए । पहिरोका कारण हस्तबहादुर सहित पाँच जना सामान्य घाइते भएका छन् । घरमा तथा मतानमा सुतेका छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएको बताइएको छ । घाईते ठगमायालाई गम्भिर चोट लागेकाले थप उपचारको लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताउनुभयो । घटना भएको करिब ७ घण्टा बितिसक्दा समेत एम्बुलेन्स आइनपुगेको स्थानीय मौसम सेलिङ लिम्बूले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र साब्लाखुबाट एम्बुलेन्स झिकाइएको छ । साब्लाखुबाट घटनास्थल पुग्न आधा घण्टाको मात्रै समय लाग्नेभएपनि हालसम्म घाईतेको उद्धार हुन सकेको छैन । साभार कृष्न फुरुम्बो

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्