ताप्लेजुङ, असार १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवाका वडा अध्यक्ष सदनकुमार साँवा लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार वडाध्यक्ष साँवाको शनिबार साँझ मृत्यु भएको हो । मुटुसम्बन्धी रोगी रहनुभएका साँवाको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उपचारका लागि सदरमुकाम फुङ्लिङ तर्फ लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार सम्म नै वडा कार्यालय तथा अन्य काममा वडाध्यक्ष साँवा सक्रिय रहनु भएको थियो । शनिबार बिहानदेखि अचानक साँवाको स्वास्थ्यमा समस्या देखा पर्न थालेको र स्वास्थ्य समस्या देखा परेपछि परिवारले उहाँलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ हिडाएका थिए । गाउँपालिका अध्यक्षका स्वकीय सचिव थापाका अनुसार स्वास्थ्यमा देखा परेको समस्या जटिल बन्दै गएपछि अस्पताल पु¥याउन नपाई उहाँको बिच बाटोमै मृत्यु भएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।साभार उज्यालो पोष्ट
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका ४ साँवाका वडा अध्यक्षको दुखद निधन,








