ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङमा धारिलो खुकुरीप्रहार गरी एक युवकको हत्या गरिएको छ ।प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका-३ का२८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहरी गरी हत्यागरिएको हो ।सदरमुकाम स्थित फुङ्लिङ नगरपालिका-६उकालीपानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरी लिम्बूको हत्या गरेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार बिहानको राति करिव१२:४५ बजेतिर गुरुङले बाँया कोखामा खुकुरीप्रहार गरी लिम्बूको हत्या गरेका हुन् ।लिङ्खिमको तावास्थित आफन्तको घरबाट श्रीमती सरीता लिम्बूलाई लिएर घर फर्कंदै गरेका गुरुङदम्पतीलाई पुर्याउन आएका लिम्बूमाथि गुरुङले खुकुरी प्रहार गरेका प्रनाउ गौतमले जानकारीदिनुभयो । उहाँकाअनुसार लिङ्खिम र फुङ्लिङ नगरपालिका-१० फुरुम्बुको सिमानामा पर्ने सिस्नेखोलामा आइपुगेपछि गुरुङले लिम्बूमाथि एकासीखुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरीप्रहारबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रनाउगौतमले जानकारी दिनुभयो ।आफन्तकोमा गएर समयमा घर नफर्किएको भन्दै श्रीमती सरीतालाई लिन गुरुङ आफैं तावा पुगेकाथिए । तावास्थित आफन्तको घर पुगेपछि गुरुङले|श्रीमतीसँग झगडा गरेका प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गुरुङ दम्पत्तीबिच झगडा भएपछिआफन्तले सम्झाइबुझाई घर फर्काएका र बिच बाटोमा पनि झगडा गर्नसक्ने आशंका गरी आफन्त खड्गबहादुर लिम्बूले छोरा तेजेन्द्रसहित तीनजनालाई उनीहरुलाई घरसम्म पुर्याउन पठाउनु भएको थियो ।तेजेन्द्रमाथि खुकुरी प्रहार गरेपछि श्रीमती र अन्यलाई पनि गुरुङले आक्रमण गर्न खोजेका र अन्यले भागेर ज्यान बचाएको प्रारम्भिकअनुसन्धानबाट खुलेको प्रनाउ गौतमले जानकारीदिनुभयो । घटनापछि दुई वर्षीया नाबालिकाछोरीसहित गुरुङ फरार भएका थिए । यता घटनाघटाई फरार भएका गुरुङलाई बुधबार दिउँसोजिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकविवेक बस्नेत नेतृत्वको टोलीले फुङ्लिङनगरपालिका-९ हाङ्देवाको भिरकुना जंगलकोओडारमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाईपक्राउ गरेको हो । नाबालिका छोरीसँगै खुकुरीसहित पक्राउ परेका अनुसन्धान सुरु गरेकोसमेत जिल्ला प्रहरीकार्यालयले जनाएको छ । नाबालिकाको सकुशलउद्दार गरी आमा ( सरीता) लाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक लिम्बूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको छ । साभारः- उज्यालो पोष्ट डट कम,,
ताप्लेजुङमा धारिलो खुकुरी प्रहार गरी एक युवकको हत्या








