ताप्लेजुङ / २०८२ जेठ, १३ गते मंगलबार लिम्बू पत्रकार संघ चौंथो जिल्ला अधिवेशनद्धरा नयाँ कार्य समिति चयन भएको छ । संघको चौंथो जिल्ला अधिवेशन कृष्न फुरुम्बोको अध्यक्षतामा र केन्द्रीय कोषध्यक्ष दिलकुमार फेम्वु लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । ९सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भई ताप्लेजुङ लिम्बू पत्रकार संघको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन भएका छन् । समितिको उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सह सचिवमा बसन्त लाबुङ, कोषाध्यक्षमा मनु (लिम्बू) माबो चयन हुनुभएका छन् । यस्तै सदस्यहरूमा अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू, सिता माबो (लिम्बू) चयन हुनुभएका हन् । त्स्तै गरी प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन भएका छन् । विशिष्ट अतिथिमा केन्द्रीय सदस्य गंगा लिङ्खिम,केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक प्रयास(लिम्बू) पनी उपस्थिति हुनु भएको थियो ।









