समय : ०५:१६ am | मङ्गलबार , भाद्र २९ गते २०८३

पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई निःशुल्क अक्सिजन

सेवालुङ खवर | जेठ १३ गते २०८२

ताप्लेजुङ/ रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई निःशुल्क अक्सिजन तथा औषधी प्रदान गर्दै आईरहेको छ । पाथीभरा आएका तीर्थयात्रीहरुमध्ये लेक लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेहरुका लागि क्लबले निःशुल्क रुपमा अक्सिजन र औषधी उपलब्ध गराउँदै आईरहेको हो ।क्लबले विगत आठ वर्षअघि पाथीभरा क्षेत्र विकास समितिलाई ४ ओटा क्यान अक्सिजन सिलिण्डर प्रदान गरेको थियो । पाथीभरामा आएर बिरामी भएका दर्शनार्थीको लागि प्रयोग भई खाली भएको सिलिण्डरमा अक्सिजन समेत क्लबले नै निःशुल्क रुपमा भरेर समितिलाई उपलब्ध गराउँदै आएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । पाथीभरा दर्शनका लागि जाँदै गरेका बालकको माथिल्लो फेदीमा लेक लागेर मृत्यु भएको देखेपछि सबै भक्तजनको सेवाका लागि अक्सिजन उपलब्ध गराइएको क्लबका संस्थापक अध्यक्ष शरद जोसीले बताउनुभयो । समय–समयमा औषधी निःशुल्क उपलब्ध गराउँदै आएको क्लबको योगदानलाई कदर गर्दै समितिले कार्यालयमा सम्मान समेत गरेको छ ।साभार कृष्न फुरुम्बो

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्