ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण खारेज नभएसम्म आन्दोलन जारी रहने असन्तुष्ट पक्षले घोषणा गरेका छन् । पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकार निर्माण खारेज नभएसम्म पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहने घोषणा गरेको हो । शुक्रबार एक विज्ञप्तिमा उल्लेख गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने असन्तुष्ट पक्षले घोषणा गरेको विज्ञप्ति मार्फत जनाएको छ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकार निमार्ण विरुद्धको आन्दोलन जारी रहेको जनाएको छ । नो केवलकार पक्ष अन्तर्गत मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन पनी जारी रहेको उल्लेख गरेका छन् । मुक्कुमलुङ अतिक्रमणविरुद्ध सर्बोच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु, विचाराधीन रहेको भन्दै,सबै मुद्दाको टुङगो, किनारा, नलागेको र आन्दोलन पनि नटुङ्गिएको विज्ञप्तिमा उल्लेख गराएको छ । पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही सञ्चार माध्यममा आएको र जुन समाचारले मुन्धुमवादी हरुको भावना प्रती गम्भीर असर चोट पु¥याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत उल्लेख गराएको छ । केवलकार निर्माण खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारका पछि नलाग्न सबैलाई आग्रह समेत गराएको छ । गत चैतमा केवलकार रोक्नुपर्ने माग गर्दै यामबहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै सर्बोच्च अदालतले केवलकारको काम रोक्नुनपर्ने आदेश दिएको थियो ।











