समय : ०४:३० am | मङ्गलबार , भाद्र २९ गते २०८३

हाइड्रोपावर निर्माणले पेदाङमा खानेपानीको समस्या, बस्ती समेत जोखिममा,

सेवालुङ खवर | जेठ ३ गते २०८२

ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ५, पेदाङमा निर्माणाधिन सुपर काबेली तेस्रो जलविद्युत आयोजनाका कारण बस्तीमा बिभिन्न समस्या सिर्जना भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । हाइड्रोपावर निर्माणका कारणले मुख्यगरी खानेपानी र सिँचाई मा समस्या ल्याएको तथा अनावश्यक रुपमा सडक खनेका कारणले बस्ती नै जोखिममा हुने भन्दै स्थानीय चिन्तित बनेका हुन् ।बिहिबार हाइड्रोपावर पिडित संघर्ष समितिले ३ वटा मुख्य माग राख्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा समक्ष ज्ञापन पत्र बुझाएका छ । खानेपानी र सिँचाइको मुहानहरु सुकेकाले उपयुक्त स्थान र स्रोतबाट व्यवस्थापन गर्न गराउन, बागथला देखि पेदाङ सम्म मोटरबाटो ग्रावेलिङ समेत गर्न र जलविद्युत वितरणका लागि व्यवस्थापन गर्न लगायत रहेका छन् । उक्त आयोजनाको सुरुङ मार्ग निर्माणका कारणले पेदाङको गोपिनी खानेपानी उपभोक्ता समिति, बाङ्गे खोल्सा, दुई तले मुहान खानेपानी, होक्मा खोल्सा, बाँसभोटे मुहान, देबीथान मुहान, कार्तिको मुहान, ढुङ्गेनी मुहान लगायतको धेरै मुहान तथा सिँचाई आयोजनामा समस्या आइ सिँचाई सुबिधामा समस्या भएको र समन्वय गरिदिन आग्रह गरिएको हाइड्रोपावर पिडित संघर्ष समितिका अध्यक्ष मचिन्द्र लिम्बुले जानकारी दिनुभयो । यस्तै निर्माण कम्पनीले स्थानीय नागरिकको चाहना र भावना बिपरित निर्माण कार्य गरेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र समितिका अध्यक्ष लिम्बु तथा सचिव सजन भण्डारीले संयक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । उक्त समस्याका बारेमा स्थानीय जनप्रतिनिधिसंग छलफल गर्दा समेत समाधान नभएको सचिव भण्डारीले बताउनुभयो ।साभार:रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्