समय : ०३:१२ am | मङ्गलबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चाको जिल्ला संयोजन समिति गठन,

सेवालुङ खवर | वैशाख २२ गते २०८२

ताप्लेजुङ/ २०८२ वैशाख २१ गते आईतबार फुङलिङ नगरपालिका ४ ताप्लेजुङमा प्रदीप मादेन “नानी“ ज्युको संयोजकत्वमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङ जिल्ला संयोजन समिति गठन भएको छ । प्रदीप मादेन “नानी“ ज्युको संयोजकत्वमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा जिल्ला संयोजन समिति गठन भएको हो ।संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङ जिल्ला संयोजन समिति संयोजकः प्रदीप मादेन “नानी“ सह–संयोजकहरुः इन्द्र थलङ, श्री लिङखिम, पुर्ण पालुङ्वा, अशोक मादेन, डम्बर लाबुङ, सदस्य सचिवः धनकुमार येङदेन प्रवक्ता ः सरोज कङलिबा सहसचिव ः चतुरमती थाङदेन आर्थिक विभाग प्रमुख ःकमला पालुङवा सदस्यहरुः अमर अन्छङबो, रमेश मादेन, हर्क गुरुङ, सुरेस आवाजुङ, लोकेन्द्र तुम्बाहाम्फे, दिपेस मादेन, नरकुमारी नाल्बो, बिपना दाहाल, चन्द्रकला बोखिम, सुरेन्द्र तवेबुङ, केदार ताप्मादेन, रबिन पतङवा, डिल्लीहाङ साँबा, लालबहादुर सुब्बा, आइत माबोहाङ, ललित येङदेन, छत्र लेछर्बो, नाराङ फुरुम्बु, यामकुमार आङबुहाङ, भरतसिंह ताप्मादेन, काजी येङदेन, बलबहादुर येङदेन, नरकुमारी येङदेन, दलबहादुर मादेन, पुर्ण पालुङवा, अशोक बिक, सुशीला लाबुङ, रनहाङ एभेङ, हरि वनेम, शिवकला लिवाङ, असिम सेन्दाङ, लक्ष्मी केदेम (मुक्कुमलुङ), योगेन साम्रा, मानबहादुर माङयुङ, किशोर लिम्बू, जहरमान खेवाङ, राजकुमारी सेनेहाङ पालुङवा,सल्लाहकारःमोती पालुङवा, कर्णबहादुर पालुङवा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कृतिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन, हर्क तुम्बाहाम्फे जिल्ला संयोजन समितिमा चयन भएको सरोज कङलिबा सहसचिवले जानकारी गाराउनु भयो । नव गठित कार्य समिती सबैलाई विशेष विशेष बधाई दिदै र सफल कार्यकालको लागि अग्रिम शुभकामना व्यक्त गरेकाछन् । ताप्लेजुङको जिल्ला भेलामा नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन, मा. राजकुमार नाल्बो, एलबी पालुङवा, बिराज आङदेम्बे, कृतिमान मादेन, इन्दिरा धौराली, भरत गुरुङ, मोति पालुङवा आदिको उपस्थिति रहेकोे थियो । कार्यक्रममा फागुन १० गते नो केबलकार संघर्षको क्रममा राज्यले अपराधिक शैलीमा निर्मम र अमानवीय दमन गर्यो । जसलाई “फुङलिङ काण्ड“ भनियो । सो क्रममा जबर्जस्ती बिनाकसुर २७ दिन कस्टडीमा थुनिएका १८ जना र ९ जना पक्राउपुर्जी जारी गरेर दुखकस्ट पाई महत्त्वपूर्ण योगदान गर्नु भएका योद्धाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुक्कुमलुङ संघर्षका क्रममा घाइते योद्धाहरु अशिम पालुङवा, चन्द्र मादेन, धर्मान पालुङवा, हरि येङदेन, सम्मर येङदेनलाई “ताप्लेजुङ युके समाज“ ले विशेष आर्थिक सहयोग प्रदान गर्नु भएको थियो । फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिले घाइतेहरु लाई आर्थिक सहयोग गरेको थियो । आजको कार्यक्रममा २७ दिनसम्म प्रहरी कस्टडीमा रहँदा सबै खालको सहयोग गरेर महत्त्वपूर्ण भुमिका खेल्नु हुने पहिचानवादी नेता कृतिमान मादेन, नरकुमारी नाल्बो, चतुरमती थाङदेन, शिवकला लिबाङ आदिलाई विशेष सम्मान गरिएको थियो । संयुक्त पहिचानवादी मोर्चाको १६ सदस्यीय संयुक्त पहिचानवादी युवा मोर्चा ताप्लेजुङ जिल्ला समिति गठन भएको छ । संयोजक ः बिरेन तबेबुङ सहसंयोजक ःजनम इधिङगो सदस्यहरुः सन्तोष पतङवा, लक्ष्मी केदेम (मुक्कुमलुङ),सुमन लिम्बू, धर्मान पालुङवा, सुर्य गुरुङ, प्रकाश तबेबुङ, नवीन फुरुम्बो, जगत फुरुम्बो, सरगम शेर्पा, लीला पालुङवा, समर येङदेन, मनकुमार मादेन, तेज मादेन । सम्पुर्ण पहिचान वादीहरु अब नयाँ शिराबाट एक जुट होऔं भन्ने नाराका साथ अभियान जारी रहेको संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङ जिल्ला संयोजन समितिले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्