ताप्लेजुङ / ताप्लेजुङ जिल्ला पाथभिरा क्षेत्रमा केबलकारको बिसयमा विवाद पश्चात सान्तीपुर्ण आन्दोलन लिएर ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय गेट अगाडि रिले अनसन बसेको स्थगन भएको छ । केबलकारको बिसयमा सर्बोच्च अदालतले अल्पकालीन आदेश भए लगातै सम्मानित सर्बोच्च अदालतको आदेशलाई सम्मान गर्दै रिले अन्सन स्थगन भएको हो । लगातार १ महिना ७ दिन बसेको रिले अनसन अर्को निर्णय नभएसम्म स्थगन भएकोे रिले अन्सनका संयोजक ईन्द्र थलङले बताउनु भएको छ ।अन्सनमा सम्पुर्ण घटकका सहभागी मित्र विभिन्न तवरले सहयोग गर्नु हुने महानुभबहरु लगायत साथै रिले अनशन बसेको स्थानमा बाइक लगायत सवारी साधन हटाइ सहयोग पुर्याइ दिनुहुने सुरक्षा कर्मीहरुलाई धन्यवाद दिन्दै पुन मुक्कुमलुङ्मा केबलकार बनाउने काम भएमा थप ससक्त एबं सान्तीपुर्ण आन्दोलन लिएर उपस्थित हुने छौँ भन्दै १ महिना ७ दिन बसेको रिले अनसन अर्को निर्णय नभएसम्म स्थगन भएको प्रदिप मादेन नानीले जानकारी गराउनु भएको छ ।










