समय : ०१:०३ am | सोमबार , भाद्र २८ गते २०८३

पाथीभरा क्षेत्र विकास समितिद्धरा दुई कार्यविधिको मस्यौदा तयार

सेवालुङ खवर | वैशाख ८ गते २०८२

ताप्लेजुङ,/पाथीभरा क्षेत्र विकास समितिले आइतवार राजनीतिक दल सहितका सरोकारवाला संग तयार भएका दुई कार्यविधिको मस्यौदा उपर सुझाव तथा राय लिएको छ । तयार भएका कार्य विधिको मस्यौदा उपर प्राप्त भएका रायलाई समेत समेटेर अन्तिम रुप दिई क्षेत्र विकास समितिको बैठकमा पेश गर्नेगरी यहाँका क्रियाशिल राजनीतिक दल सहितका सरोकारवाला संग राय सुझाव संकलन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । क्षेत्रविकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार क्षेत्र विकास समितिले पाथीभरा देवी अक्षयकोष सञ्चालन कार्यविधि र सुनचाँदी तथा भेटि संकलन कार्यविधि गरी दुई कार्यविधिको मस्यौदा तयार गरेको छ । क्षेत्र विकास समितिले उक्त दुई कार्य विधिको मस्यौदा तयारीका लागि कार्यदल बनाएको थियो । कार्यदल मार्फत तयार भएका मस्यौदाका कार्यविधिमा सरोकार वालाको राय सुझाव ग्रहणका लागि कार्यक्रम आयोजना गरिएको क्षेत्र विकास समितिले जनाएको छ । राय सुझावका लागि क्षेत्र विकास समितिले यहाँ रहेका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति, उद्योगी व्यवसायी, क्षेत्र विकास समितिका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक र सञ्चारकर्मी सहित पाथीभरा क्षेत्रको विकास र उन्नयनमा क्रियाशिल व्यक्तिलाई आमन्त्रण गरिएको थियो । साभार उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्