समय : ०१:०३ am | सोमबार , भाद्र २८ गते २०८३

पाथीभरा क्षेत्रतर्फ घटनाका घाइतेलाई लिएर हेलिकोप्टर मार्फत काठमाडौं लगियो,

सेवालुङ खवर | वैशाख ८ गते २०८२

ताप्लेजुङ, बैशाख ८ / ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडी रहेको सवारीमा करेन्ट प्रवाह भई आगो लाग्दा भएको घटनाका घाइते आमा छोरालाई लिएर ताप्लेजुङबाट हेलिकोप्टर काठमाडौंका लागि उडेको छ । हेलिकोप्टर जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार ह्यामस् हस्पिटलका लागि अन्नपूर्ण हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको हो । घाइते आमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने ४५ बर्षिय सबिना आचार्य तथा छोरा १० बर्षिय अभियम आचार्यलाई लिएर काठमाडौंका लागि प्रस्थान गरेको छ । सबिनाको शरिरका बिभिन्न भाग जलेको छ भने छोराअभियमको स्वास्थ्य अवस्था जोखिम मुक्त रहेकोस्थानीय स्वास्थ्य कर्मीले बताएका छन् । घाइतेलाई लिन दुई बिशेषज्ञ चिकित्सक सहित सबिनाका श्रीमान् निरज आचार्य आफैं ताप्लेजुङ आउनुभएको थियो । उहाँ पेशाका चिकित्सक हुनुहुन्छ । सोमवार बिहान भएको घटनामा सबिना र निरजका १६ बर्षिया छोरी आध्या, सबिनाका बुबा झापा भद्रपुर १५ बस्ने ७० बर्षिय बिनोद पौडेल,उहाँकी श्रीमति ६९ बर्षिया सरता र नम्बर मे १ ज ३०११ को सवारीका चालक फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ बर्षिय दुर्गा भट्टराईको मृत्यु भइसकेको छ । बिहान पाथीभरा मन्दिरको दर्शनका लागि फुङलिङबाट हिंडेको सवारीमा पाथीभरा क्षेत्रको तेर्से र गुन्द्रे भन्ने स्थानको बिच भागमा सवारी माथि बिद्युतको लत्रिएको तार परेको थियो । सोहि बिद्युतको करेन्ट प्रवाह भई सवारी पूर्ण रुपमा जलेको छ भने सवार ६ मध्ये चालक सहित ४ जनाको ज्यान गएको छ । साभार उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्