समय : ०१:०३ am | सोमबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको पाथीभरा देवीको दर्शन जाने क्रममा चालक सहित ४ जनाको दुखद निधन,

सेवालुङ खवर | वैशाख ८ गते २०८२

ताप्लेजुङ/ताप्लेजुङको पाथीभरा देवीको दर्शन जाने क्रममा गुडी रहेको सवारीमा एक्कासी आगो लाग्दा भएको घटना पछि सवारीमा सवार चालक सहित ४ जनाको दुखद निधन भएको छ । पाथीभरा क्षेत्रको फुङ्लिङ न.पा. -१० तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर मे १ ज ३०११मा आगो लागेको हो ।हाइटेन्सन लाइनको तार सवारी माथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृत्यु हुनेमा ललितपु महानगरपालिका वडा नं १०बस्ने १६ बर्षिय आध्या आचार्य, उहाँका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० बर्षिय बिनोद पौडेल, उहाँकी श्रीमति ६९ बर्षिया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ बर्षिय दुर्गा भट्टराई रहेका थिए ।आध्याकी आमा ललितपुर बस्ने ४५ बर्षिया सबिना आचार्य र सबिना का छोरा १० बर्षिय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फोटो:तस्विर साभार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्