ताप्लेजुङ/ ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी अध्यापन गर्दैआएको विद्यालयका शिक्षकहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गराएको छ । तीन जिल्लाका र विभिन्न पालिकाका विद्यालयहरूका शिक्षकलाई क्षमता अभिवृद्धिका लागि तालिम गराएको हो । हिउँ चितुवा पाइने क्षेत्रमा रहेको विद्यार्थीलाई ताप्लेजुङको ६ ओटा विद्यालयहरुमा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका शिक्षकलाई हिमाली संरक्षण मञ्चले टेका समुह नेपाल र स्नो लियोपार्ड कन्जरभेन्सीको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको बालदेन माध्यमिक विद्यालय पापुङ, साँवा माध्यमिक विद्यालय, सिरीजंघा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय, सिकैचामा पढाईको कार्य जारी रहेको छ । फक्ताङलुङ गाउँपालिकाको रविकला आधारभुत विद्यालय साउदेन, घुन्सा आधारभुत विद्यालय र सरस्वती माध्यमिक विद्यालय,तापेथोकमा पढाई निरन्तर भइरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनु भयो । पाठ्यक्रमलाई विद्यालयमा अध्यापन भइरहेको तालिमको सहजिकरण टेका समुह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारी, फिल्ड कोअर्डिनेटर रोजिना घिमिरे र मञ्चका निर्देशक राईले गर्नु भएको छ । कार्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा सुरु हुनु अगाडि र हालको अवस्था, समुदायमा कार्यक्रमको प्रभावकारिता, संरक्षण सन्दर्भ पुस्तकको मूल्याङ्कन तथा चर्चा गरिएको पनी हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनु भयो ।
हिउँ चितुवा संरक्षण सम्बन्धी अध्यापन गर्दैआएका शिक्षकहरुलाई तालिम प्रदान








