ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका तापेथोकमा बोलेरो जिप पिकप दुर्घटनामा एकजना को मृत्यु भएको छ।फक्ताङलुङ ५ तापेथोकको याङसिला चौकमा बोलेरो जिप पिकप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएकाे छ । लेलेपबाट तापेथोक तर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो दिउँसो साढे १२ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भिर घाइते हुनु भएको र श्रेष्ठको ढाडमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उक्त गम्भीर घाइते भएका लाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात् ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले बताएको छ ।
फक्ताङलुङ् को तापेथोकमा बोलेरो दुर्घटनामा एकजना को मृत्यु, एक गम्भिर घाइते,








