ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिङखिम अवस्थित दिबुङ गाउँमा सुख्खा पहिराले घर पुरेको छ । आइतबार दिउँसो पहिरोले स्थानीय देउ प्रसाद निरौलाको घर सुख्खा पहिराले घर पुरेको हो । सुख्खा पहिराले घर पुर्दा ३६ लाख ५१ हजार बराबर रुपियाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुख्खा पहिरोका कारण भान्सा घर पुर्दा निरौलाको ३४ लाख ७४ हजार रुपियाँ र सोही घरमा डेरा लिएर बसेका लिङखिमका वडा सचिव ओम प्रकाश पौडेलको १ लाख ७७ हजार रुपियाँ क्षति भएको थियो । ढुङ्गा माटोले निर्माण भएको जस्ताको पाताले छाएको तीन तले घर र भान्सा घर पुरिएको प्रहरीले बताएको छ । धान २० मुरी, मकै १३ मुरी, कोदो चार मुरी, ल्यापटप एक थान, मोबाइल दूई थान, चार आनाको सुनको नौगेडी, पाँच आनाको सुनको औँठी, सात आनाको सुनको पिँजडा, लत्ताकपडा सहित ३४ लाख ७४ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीसोतले बताएको छ । घरमा डेरा गरि बस्ने निरौलाको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी उपकरण लगायतको सामाग्रीमा क्षति पुग्दा करिब १ लाख ७७ हजार रुपियाँ बराबरको क्षति भएको छ । पहिरोको कारण मानवीय तथा चौपायामा भने क्षति नपुगेको बताइएको छ ।
लिङखिमको दिबुङ गाउँमा सुख्खा पहिराले घर पुर्दा ३६ लाख ५१ हजार बराबरको क्षति,








