समय : ११:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

तेह्रथुमको चोत्लुङ पार्कमा लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशन सम्पन्न,

सेवालुङ खवर | चैत्र २२ गते २०८१

०२८१ चैत्र २२ गते शुक्रवार/ तेह्रथुमको चोत्लुङ पार्कमा शुक्रबार लालीगुराँस नगरपालिका तेह्रथुमस्थित लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।तेह्रथुमको चोत्लुङ पार्कमा भएको लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशन निवर्तमान अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा भएको होे । लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुनबाबु माबोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन सम्पन्न भएको थियो । संघको तेस्रो महाधिवेशनले केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लपलाई चयन गरेको छ ।उपाध्यक्षहरुमा सचितानन्द लिम्बु, महिला उपाध्यक्षमा सुजता लिम्बु र महासचिवमा जीवन योङहाङ लिम्बुलाई सर्वसम्मतले चयन गरेको थियो । त्यसैगरी सचिवहरुमा ज्ञानु केदेम,र सम्पदा लिम्बु छन् भने, कोषाध्यक्षमा दिलकुमार फोम्बो चयन हुनु भएको छ । समितिका सदस्यहरुमा १७ सदस्यीय कार्य समिति बनेको र विधान अनुसार २१ सदस्यीय समितिमा थप सदस्यहरु पछि मनोनयन गर्ने नव निर्वाचित केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लपले जानकारी दिनु भयो । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर मावोहाङ, नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई लालीगुराँस नगरपालिका प्रमुख अतिथि मेयर अर्जुन वावु मावोहाङले, शुभकामना तथा बधाई दिनु भएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव हिमा चेम्जोङ, फोनिज प्रदेश नं. १ का अध्यक्ष विजयबोध लावती, निवर्तमान फोनिज अध्यक्ष सन्तवीर लामा, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ चोङबाङ, नेपाल पत्रकार महासंघ तेह्रथुम जिल्ला अध्यक्ष टिआर सेनेहाङ, लिम्बु भाषा इतिहास तथा साहित्यकार सेसेमी से नाल्बो लगायतले शुभकामना मन्तव्य तथा बधाई ज्ञापन गरेका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्