ताप्लेजुङ/,ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अवस्थित एक घरमा आगलागी भएको छ । आगलागीमा नागरिकता सहितका केहि कागजात समेत जलेर नष्ट भएको र लाखौं मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर जलेर नष्टभई काठ र जस्ता पाताको प्रयोग गरेर बनाइएको दुई तले कच्ची घर पूर्ण रुपमा नष्ट भएको र घरभित्र रहेको खाद्यान्न, भाँडा वर्तन, केही सुनका गरगहाना, ७० हजार रुपियाँ नगद सहित महत्वपूर्ण कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी गराएको छ । आगलागी बाट करिव छ,लाख रुपियाँ बराबरको क्षति भएको र घर नजिक रहेको पशु चौपायाका लागि खोले (चारो) पकाउने चुल्होबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका स्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति,








