समय : ०९:४८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको मैवाखोलामा करेन्ट लागेर एक युवक घाइते,

सेवालुङ खवर | चैत्र १ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा मैवाखोला गाउँपालिका–२, हात्तीखावाका ३१ बर्षीय रबी वनेम रहेको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो २ः४० बजेको समयमा लेकुवा डाँडागाउँ स्थितमा गाउँपालिका तथा वडा कार्यालय मार्फत बिजुलीको पोलमा एन्टी फाईबर नेटको तार जोङ्ने क्रममा करेन्ट लागेर घाईते भएको अस्थायी प्रहरी चौकी ढुङ्गेसाँघुले बताएको छ । करेन्ड लागेर घाइते भएको सुचना पाउनासाथ प्रहरी नायब निरिक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित भई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेम्बेमा लगेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिबेक बस्नेतले जानकारी दिनुभयो ।घाईते वनेमको बाँया खुट्टा, बाँया हातको चोरी औला, बाँया कानको भागमा डढेको अबस्था रहेको उपचारमा संलग्न वनेमका सहकर्मी धर्मेन्द्र तामाङले जानकारी दिनुभयो । घाइते वनेमको हाल बोल्न समेत नसक्ने गरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ ।साभार:बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्