समय : ०९:४८ pm | आइतबार , भाद्र २८ गते २०८३

केबलकार निर्माणको बिवादित भईरहको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा,

सेवालुङ खवर | फागुन २७ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङमा पाथीभरा क्षेत्र केबलकार निर्माणको बिवादित भईरहको विरोधमा रहेका संघ संस्थाहरुले निर्णय गरी विज्ञप्ती सहित दोस्रो चरणबद्धको आन्दोलन गर्ने घोषणा गरेका छन् । केबलकार निमार्ण खारेज तथा खारेजको मुद्धा टुंगो नलागेसम्म आन्दोलनलाई संगसंगै अघि बढाउने जस्ता मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण केबलकार खारेज अन्तराट्रिय संघर्ष समितीले जनाएको छ । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको भन्दै आरोपहरु लगाएका छन् । दोस्रो चरणको आन्दोलनमा कोशीका १४ वटै जिल्ला तथा काठमाडौं उपत्यकामा भेला, छलफल तथा जागरण अभियान लगायत कार्यक्रम तय गरिएको विज्ञप्तीमा उल्लेख गराएका छन् । आन्दोलनरत पक्षका संघ संस्थाहरुले सिंहदरबार घेराउ, फोटो प्रदर्शनी,आमसभा रिले अन्सन जस्ता कार्यक्रम गरिने पनी विज्ञप्तीमा उल्लेख गराएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्