समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका तीन हाङपाङमा बुधबार एक घर जलेर नष्ट

सेवालुङ खवर | फागुन १५ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका तीन हाङपाङमा बुधबार एक घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय इन्द्रबहादुर निरौलाको घर जलेको हो । उक्त माटोढुङ्गा र जस्ताले छाना छाएको तीनतले घर जल्दा आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त घरमा मानवीय र पशु चौपायको क्षति नभएको र घरभित्र भएका लत्ता कपडा अन्नपात सम्पूर्ण जलेर नष्ट भएको बताइएको छ। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। घरधनी निरौला मोरङको लेटाङमा बस्दै आएको प्रहरीको भनाइ छ ।साभार मदन गौतम,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्