समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा नियुक्त भएका भूमि समस्या समाधान आयोग सदस्यद्धरा सपथ ग्रहण

सेवालुङ खवर | फागुन १४ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङमा नियुक्त भएका भूमि समस्या समाधान आयोग सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आयोगमा नियुक्त भएका पदेन सदस्य सन्तोष चाम्लिङ र मिना कुमारी केदेमले सपथ ग्रहण गरेका हुन् । सदस्यमा नियुक्त भएका चाम्लिङ र महिला सदस्यमा नियुक्त हुनु भएका केदेमलाई सपथ ग्रहण साथै स्वागत गरिएको भूमि समस्या समाधान आयोग ताप्लेजुङले बताएको छ । यसअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सपथ ग्रहण गर्नू भएको थियो ।नेपाल सरकारले गत पुष २१ गते ताप्लेजुङजिल्ला सहित २३ ओटा जिल्लाको भूमि आयोगका अध्यक्षहरुलाई नियुक्त गराएको थियो । भूमि समस्या समाधान आयोग ताप्लेजुङका अध्यक्ष कृष्णकुमार बस्नेतले मन्त्रालयबाटै सपथ लिएपछी बुधबार जिल्लाको सदस्यमा नियुक्तलाई सपथ ग्रहण तथा पदेन सदस्यलाई स्वागत गर्नु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समिति र डिभिजन वन कार्यालयका प्रमुख आयोगको पदेन सदस्य रहने व्यवस्था रहने आयोगका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनु भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङखिम, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको उपस्थितिमा सदस्यहरुलाई सपथ ग्रहण तथा स्वागत गरिएकोेछ । सपथ ग्रहण कार्याक्रममा उपस्थित अतिथिहरूले आयोगको अग्रिम सफल कार्यकालको शुभकामना समेत प्रकट गराएको भूमि समस्या समाधान आयोग ताप्लेजुङले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्