समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको फुङलिङ बजारमा पाथीभरा केबलकार निर्माण गर्नुपर्छ भन्दै सद्यभाव र्याली,

सेवालुङ खवर | फागुन ६ गते २०८१

ताप्लेजुङको फुङलिङ बजारमा पाथीभरा केबलकार निर्माण गर्नुपर्छ भन्दै सद्यभाव र्याली निकालेका छन् । ताप्लेजुङका विकास प्रेमी युवाहरुको आयोजनमा सामुदायिक भवन बाट आज सद्भाव रयाली निकालीएको थियो । बाजागाजा सहित राष्ट्रिय झण्डा फहरउदै उनीहरूले एउटै स्वरमा ‘ताप्लेजुङले के भन्छ केबलकार ले भन्छ स्थानीयले के भन्छ केबलकार ले भन्छ भन्ने जस्ता नाराहरु लगाएका थिए । र्यालीको समर्थनमा विकास प्रेमी युवा,उद्योगी,ब्यवसायी, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायत अन्यको उपस्थिती रहेको थियो ।यता संयुक्त केवलकार खारेजी सघर्ष समितीले भने मुकुमलुङ पाथीभरा क्षेत्रमा केबलकारको विरोध गर्दै आएको छ । मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । बहिष्कार गर्ने ,फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,र केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ,केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने ,काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने,केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने र प्रदर्शन गर्ने यति गर्दा नि सरकारले सुनुवाइ नगरेमा मात्रै अनिश्चित कालीन यातायात बन्द र आमहड्ताल हुने संयुक्त केवलकार खारेजी सघर्ष समितीले विज्ञप्तिी मार्फत उल्लेखमा जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्