समय : ०९:४३ pm | सोमबार , भाद्र २९ गते २०८३

केबलकार खारेज संयुकत सघर्ष समितीद्धवारा विज्ञप्तिी मार्फत संयुक्त रूपमा आन्दोलनको घोषणा,

सेवालुङ खवर | माघ २८ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङ्को मुमुमलुङ पाथीभरा क्षेत्रमा केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् ।काठमाडौंको किरात याक्थुङ चुुम्लुङको भवनमा पत्रकार सम्मेलन गर्दै विज्ञप्तिी मार्फत ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने ,फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ,केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने ,काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने,केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने र प्रदर्शन गर्ने यति गर्दा नि सरकारले सुनुवाइ नगरेमा मात्रै अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल हुने संयुक्त केवलकार खारेजी सघर्ष समितीले विज्ञप्तिी मार्फत उल्लेखमा जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्