समय : ०५:४२ pm | सोमबार , भाद्र २९ गते २०८३

अबरुद्ध रहेको मेचि राजमार्ग १२ दिन पछि यातायात सञ्चालनमा

सेवालुङ खवर | असाेज २४ गते २०८१

पाँचथर- १२ दिन देखि अबरुद्ध रहेको मेचि राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ । असोज १२ गते हेँवाको बाढीले बेलिब्रिज बगाएपछि हेँवाखोलामा पुणर्रुपमा सडक अबरुद्ध थियो । सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम सकेसँगै हेवा खोलामा सवारी र ढुवानीका साधन तर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका (४ र हिलिहाङ गाउँपालिका (७ रहेको हेवा खोलामा गत वर्ष मात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।बेलिब्रिज बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दसैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारीको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र उपभोग्य बस्तु अभाव हुन थालेको थियो ।असोज १४ गते डाइभर्सन गर्न थालेको सडक डिभिजनले ढिलागरी निर्माण कार्य सम्पन्न गरेको थियो । चार दिन अघि नै काम सक्ने भने पनि ह्युमपाइप पूरा नआउँदा काममा ढिलाइ भएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए । डाइभर्सनको काम सकिएलगत्तै हेवा खोला वारी पारी रोकिएका साधन आफ्नो गन्तव्यमा लागेका छन् ।साभार: - केन्जो खबर डटकम बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्