समय : ०५:१९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

दक्षिण कोरिया विमान दुर्घटना अपडेट स् ज्यान गुमाउनेको सङ्ख्या ८५ जना पुग्यो

सेवालुङ खवर | पौष १४ गते २०८१

ए. दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८५ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म ८५ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ४६ महिला र ३९ पुरुष छन् । दुई जनाको जीवितै उद्धार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका छ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कदै गर्दा अबतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याएको हुनसक्ने जनाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्ययमले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । साभार

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्