फ्रान्समा विरोध प्रदर्शनकारीले १४० वर्ष पुरानो ऐतिहासिक टाउन हलमा आगो लगाइदिएपछि त्यसमा व्यापक क्षति भएको छ । फ्रान्समा महँगी बढेको भनेर विरोध प्रदर्शन भइरहेका बेला प्रदर्शनकारीले ऐतिहासिक भवनहरूमा समेत आगो लगाइदिएका छन्। अधिकारीहरूले नियतवश उग्र पन्थीहरूले देशका सम्पदामाथि आगजनी गरेको आरोप लगाएका छन् । करिब ५ लाख ५० हजार मानिस सडकमा निस्केको अनुमान गरिएको छ।हिंसा वृद्धि गर्न भूमिका निर्वाह गरेको आरोपमा गिरफ्तार हुने प्रदर्शन कारीको सङ्ख्या बढ्दो छ।–वि.वि.सी
फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हलको क्षती








