समय : ०५:१९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

इस्माइल हानिया र मोहम्मद डेफको मृत्यु भएपछि याह्या सिन्वार हमास प्रमुख नियुक्त

सेवालुङ खवर | भाद्र ३१ गते २०८१

१५ अक्टोबर २०२३ ७ अगष्ट २०२४ अद्यावधिकसन् २०१५ को सेप्टेम्बरमा अमेरिकाले याह्‍या सिन्वारको नाम अन्तर्राष्ट्रिय चरमपन्थीको कालोसूचीमा राखेको थियोगत वर्ष अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि उक्त घटनाको योजना कसले बनाएको थियो भन्ने प्रश्न उठेको थियो।गाजामा नियन्त्रण कायम गरेको उक्त प्यालेस्टिनी लडाकु समूहका धेरै उच्चपदस्थ नेताहरू चर्चामा आउन खासै खोज्दैनन्। अरू नेताले भने इजरेलले हत्या गर्न सक्ने डरले सुरक्षित बस्ने प्रयास गर्दै आएका छन्।गाजामा शासन गरिरहेको हमासका धेरै नेताहरू सञ्चारमाध्यममा मुख छोपेर मात्रै देखा पर्छन्।इजरेली गुप्तचर निकाय मोसादको निगरानीमा थिए हमास नेता हानियायहाँ हामी अहिलेका सबैभन्दा प्रख्यात हमासका राजनीतिक नेताहरू र उसको इज्ज अल(दिन अल(कसम ब्रिगेडका सैन्य कमान्डरहरूबारे चर्चा गर्दै छौँ। इरानको राजधानी तेहरानमा इजरेलले गरेको भन्ठानिएको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर हमासका शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको भोलिपल्ट इजरेली सेनाले हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफको जुलाई १३ मा गाजा स्ट्रिपमा गरिएको कारबाहीमा मृत्यु भएको घोषणा गरेको छ।इस्माइल हानियाको हत्या भएपछि हमासले उनको स्थानमा याह्या सिन्वारलाई आफ्नो समूहको नेता नियुक्त गरेको छ।साभार:-वि.वि.सी एजेन्सी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्