अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यलेू भएको भनिएको एक घटनामा उनी सुरक्षित रहेको र त्यसका लागि जिम्मेवार ठानिएका एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।केही महिनाको अन्तरालमा दोस्रो पटक उनीमाथि यस्तो प्रकृतिको घटना भएको हो।फ्लोरिडास्थित आफ्नै स्वामित्वको गल्फ कोर्सको छेकबारका रूपमा रहेका बुट्यानहरूमा सन्दिग्ध बन्दुकधारी लुकेको थाहा भएपछि ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको थियो।बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलगायतका सञ्चारमाध्यमले राएन वेस्ली राउथ नाम गरेका उक्त व्यक्ति घटनास्थलबाट कारमा भागे पनि उनलाई आई(९५ राजमार्गमा पक्राउ गरिएको बताइएको छ।सभार वि.वि सी एजैन्सी
डोनल्ड ट्रम्पको हत्या गर्ने प्रयासु गरेको ठानिएका व्यक्तिलाई कसरी समातियो








