समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

आर्यन र आशा फिचरिङ “अन्तिम भेट” सार्वजनिक (हेरौँ भिडियो)

सेवालुङ खवर | पौष ३ गते २०८१

काठमाडौं-नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अन्तिम भेट ” बोलको म्युजिक भिडियो Kumar Chaulagain युट्युब च्यानलबाट रिलिज भएको हो।गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की,आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ।गीतलाई दर्शकस्रोतालेएकदम रुचाएका छन्।युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ। भिडियो हेर्नकालागी।।https://youtu.be/cm5SmyMTLvU?si=LZxjM9lLvcqfzMG1 मा किल्लिक गर्नु होला,,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्