समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङद्धरा ताप्लेजुङका शहीदहरु’नामक पुस्तक सार्वजनिक

सेवालुङ खवर | भाद्र ५ गते २०८१

ताप्लेजुङ, ताप्लेजुङमा महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले भदौ ५ गते बुधवार ताप्लेजुङका शहीदहरु’नामक पुस्तक सार्वजनिक गरेको छ । महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले पुस्तक प्रकाशन गरेको हो । १० बर्षे द्धन्दमा मारिएका तथा वेपत्ता पारिएका पुस्तक प्रकाशन गरिएको महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले बताएको छ । उक्त पुस्तक प्रकाशन गरिएकोमा सशस्त्र युद्धका बेला ज्यान गुमाएको ठाउँ र अवस्था चित्रित गरी पुस्तक प्रकाशन गरिएको छ । प्रतिष्ठानले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पुस्तक प्रकाशन गरेको हो । पुस्तक तीन सयप्रति जती प्रकाशन भएको प्रतिष्ठानले बताएको छ । पुस्तक भित्र ताप्लेजुङमा शहदत गर्नुहुने भनेर जगत थापा सहित १ सय ३८ जनाको नामावली उल्लेख गरीएकोछ । पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नो बिचार राख्र्दै नेकपा (माओवादी केन्द्र)का पार्टी प्रतिनिधी लगायत समन्वय समिति प्रमुख विभिन्न राजनिक दल तथा पत्रकार माहासंघ आफ्नो–आफ्नो बिचार राखेका थिए । पुस्तक सार्वजनिक कार्यक्रममा अगुवाहरुको उपस्थिति साथै पुस्तकमाथि टिप्पणी तथा आफ्नो राय समेत राखेका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्