ताप्लेजुङ्गको सोल्टीनी,,
गजल
ताप्लेजुङ्गको पुषे मेलामा भेटौंला सोल्टीनी ,
मायाँ पिरतिका कुरा लेखौंला सोल्टीनी ।।
समय र परिस्थितिले टाढा बनाए पनि,
ताप्लेजुङ्गको माघेनी मेलामा नाचौंला सोल्टीनी ।।
आज सम्म त बोलेर हासेर बस्यौं समय मिलेछ भने,
ताप्लेजुङ्गको महोत्सवमा जिन्दगी साटौंला सोल्टीनी ।।
दुई बिछोडका बन्धनहरु एउटै मिलन बनाएर पनि,
बस्नलाई सानो झुपडी भए पनि बनौंला सोल्टीनी ।।
याम कुमार लिम्बू ताप्लेजुङ्ग
हाल पाँचथर फालेलुङ्ग गा.पा.२ एकतिन








