ताप्लेजुङ /ताप्लेजुङ् प्रगति लेखक संघ नेपालको २०८२ जेठ २९गते शुक्रबार जिल्ला शाखा कार्य समितीको बैठक बसेको छ । प्रगति लेखक संघ नेपाल जिल्ला शाखा कार्य समितीका अध्यक्ष प्रजिन हाङवाङको अध्यक्षतामा बैठक बसेको हो । उत्त बैठकले लेखक साहित्य संसार सर्जकहरु लाई र लेखक संघ नेपालको कार्य व्लायवस्थाका लागी निर्णय भएको जिल्ला शाखा कार्य समितीको बैठक बाट जानकारी प्राप्त भएको थियो । लेखक संघ नेपालको उपस्थितीमा शिक्षा घिमीरे,झरेन्द्र पसाद तिवारी,अविर सिं यक्सो, टिका यक्सो ,देवान सिं मादेन (विरही कान्छा) सुब्बा,लक्ष्मी प्रसाद अधिकारी ,अजय लिम्बू ,भरत गुरुङ,शान्ती राम नेपाल,कमल भट्राई,को उपस्थिती रहेको थियो । त्यस्तै उक्त भेलाको छलफल अनुसार १) साहित्यिक साँझ हरेक महिनाको अन्तिम शनिबार कविता बाचन २) प्रलेस आवाज, पुस्तक प्रकाशन साउन १५ सम्म अर्थ तथा सृजना संकलन र त्यसको लागि सम्पादक तथा सल्लाहकार समिति गठन ३) आर्थिक व्यवस्थापन बारे छलफल ४) खाता सञ्चालन सम्बन्धि छलफल असोज ३ गते पुस्तक बिमोचन प्रलेसकोे बैठक बाट छलफल भएको बिषय बुंदा गत निर्णय भएको र प्रगती लेखक संघका उप अध्यक्ष देवान सिं मादेन (विरही कान्छा) सुब्बाले जानकारी गरउनु भएको थियो । सबै प्रगतिशील विचारमा संलग्नता लेखक साहित्य अनुरागीहरुमा श्रावण १५ गते अगाडि कविता कथा लेख निबन्ध तयारी गर्न अनुरोध समेत गराउनुपर्ने लेखक संघका सचिव लक्ष्मी प्रसाद अधिकारीले जानकारी गराउनु भएको थियो ।
ताप्लेजुङ् प्रगति लेखक संघ नेपालको २०८२ जेठ २९गते शुक्रबार जिल्ला शाखा कार्य समितीको बैठक बस्दै ,








