समय : ०१:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

मनोहरा साहित्य समाजको ९८ औं शृङ्खला सम्पन्न,

सेवालुङ खवर | फागुन १२ गते २०८१

काठमाडौ/मिति २०८१ फाल्गुन १० शनिबार मनोहरा साहित्य समाजको ९८ औं शृङ्खला ग्लोबल पब्लिक स्कुलको सभा कक्षमा सम्पन्न भएको छ । उक्त शृङ्खलामा अध्यक्षता समाजका अध्यक्ष डिल्लीराज अर्याल, प्रमुख आतिथ्य व्यंग्यस्रष्टा आर. सी. रिजाल र विशेष आतिथ्य ज्येष्ठ नागरिक गौरवमय चौतारीका संयोजक छत्रभूषण दाहाल, ज्येष्ठ नागरिक समाजका खोदनाथ चापागाईं तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरीको रहेको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव भावकेशर बरालले गर्नुभएको थियो ।कार्यक्रमका अध्यक्ष डिल्लीराज अर्यालबाट प्रमुख अतिथिलगायत उपस्थित सम्पूर्णमा स्वागत अभिनन्दनपश्चात् आफ्नो ढुङ्गो नपुज्ने किन शीर्षक शार्दूलविक्रीडितको रचनावाचन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । तत्पश्चात् क्रमशः स्रष्टाहरू सञ्जय सोती– चिप्लिएका जिब्राहरू गद्यलयात्मक कविता, ओम आचार्य– उधारिएको कथा गद्यकविता, नूरदेव खनाल– इच्छाशक्तिको अभाव गद्यपद्यात्मक कविता, बुद्धिसागर पौडेल– मान्छेको स्वभाव, भावना न्यौपाने– वृद्धवृद्धाप्रति, वासुदेव पौडेल– उसको उज्यालो घर शार्दूलविक्रीडत लयको कविता, राजेन्द्रकुमार वज्राचार्य– होली नेपाल भाषाको गजल, रेशिका पाण्डे नवोदित प्रतिभा– नेपालको प्रतीक झ्याउरे लयको कविता, गंगाप्रसाद भेटवाल– मानव मनहरू जल्नु हुँदैन गद्यलयात्मक कविता, सूर्यप्रसाद डुम्रे– मित्रलाई पत्र अनुष्टुपको भाकामा कविता, भुवन शिवाकोटी चौघरे– अविरल बग्दैन मानव रगतको बाढी मुक्तलयात्मक कविता, प्रत्युशा चौलागाई –साथी समाख्यानात्मक कविता, दीनानाथ पोखरेल– बाबुआमा खण्डकाव्यबाट केही श्लोक काव्यांश, सम्पत् काफ्ले– ४वटा मुक्तक भुजङ्गप्रयातमा, चेवन बस्नेत– तन्त्रदिवस अनुष्टुपमा, टिपी बराकोटी– ६ वटा मुक्तक, तोयानाथ सुवेदी– जिन्दगी भुजङ्गप्रयातमा, सुमन पुडासैनी मित्र– पीडा गाँठो पारेर मुस्काउनु पर्छ गजल, कृष्णप्रसाद पौडेलजस्ताघरे– मान्छे शृङखलाबाट शिखरिणीमा, भालचन्द्र भण्डारी ब्रह्मगोल– स्वप्न दर्शन, ज्ञानु पौडेल– विश्वास तोडिएको आशा निमोठिएको फिक्का थियो कहानी बुट्टा तगेर के भो गजल, मदनराज घिमिरे– डाक्टरलाई सल्लाह, भावकेशर बराल– आतङ्क, खोदनाथ चापागाईं– अभिनन्दन, शीतल गिरी– कविता स्रष्टाहरूले रचनावाचन गर्नुभएको थियो । कार्यक्रममा चिरञ्जीवी रेग्मी, कपिल अर्याल, नागेन्द्र आचार्य, विनोद घिमिरे, अनन्तकुमार बस्नेतलगायतका सभ्य श्रोताहरूको भव्य उपस्थिति रहेको थियो। स्रष्टाहरूका मीठामीठा र स्तरीय कविता, व्यङ्ग्य रचना, मुक्तक, गीत, गजल, मन्तव्य र शुभकामनाले कार्यक्रमलाई एकदमै रोचक बनाएको थियो ।अन्त्यमा प्रमुख आमन्त्रित आर सि रिजालले आफ्नो मन्तव्यसहित व्यंग्य रचना वाचन गर्नुभएको थियो भने अर्का अतिथि दाहालले मन्तव्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।अन्त्यमा अध्यक्षको अनुमतिले कार्यक्रम सञ्चालक भावकेशर बरालले शृङ्खला समापन भएको जानकारी दिनुभयो । साभार चन्द्र मादेन आन्छन्/

फोटो तस्विर चन्द्र मादेन आन्छन्/

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्