झापा/ दमक, २०८१ मंसिर २१ गते शुक्रबार लुङवा त्रैमासिक पत्रिका को २५ रजत बर्ष सम्पन्न दमकको सभाहलमा भएको छ । उक्त कार्यक्रम को प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा का अध्यक्ष कमन देवान ज्यू आतिथ्यता मा भएको थियो । पत्रिकाका प्रकाशक÷सम्पादक ,सेसेमी नाल्बो लगायत बिभिन्न संघ संस्थाका का प्रतिनिधि हरुको उपस्थिती रहेको थियो । साथै लेखक कवि ज्यू हरु को समेत उपस्थिति रहेको थियो । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको मा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गरेको हो । मंसिर २१ गते शुक्रबार दमकमा लुङा रजत वर्ष बिमोचन गरिएको थियो । पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गा.वि.स, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राख्दै प्रकाशन सुरुवात गराएको थियो । लुङा रजत वर्ष विशेषाङ्कमा दुई जना पत्रकारलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिएको याक्थुङ स्टार संचार विभागका निश्चल चेम्जङ याक्थुङसाले बताएका छन् ।





फोटो तस्विर निश्चल चेम्जङ याक्थुङ सा,








