सुनसरी-मिति २०८१ साल कार्तिक ४ गते आइतबारको दिन सुनसरी जिल्लाको इटहरी स्थित खुकुरी होटलमा याक्थुङ चुम्लुङ केन्द्र अध्यक्ष भक्त मुसवाङ ज्यूको सभापतित्वमा तथा लिम्बु भाषा साहित्य प्रतिष्ठान कुलपति सेसेमी से नाल्बो को सहयोगार्थमा एक दिने लिम्बु वर्ण विन्यास सम्बन्धी छलफल विमर्श तथा गोष्ठी सम्पन्न गरिएको छ । विशेषगरी मुक्फ्रेङ, सइ, केम्फ्रेङ, पेत्च, कुबुङ सक, कुधक सक आदिबारे व्यापक छलफल एवं विचार आदान-प्रदान साथै लिम्बू भाषा साहित्य प्रतिष्ठानका उपकुलपति थेयुषा हाङ फागो ज्यूले प्रशिक्षण दिनुभएको थियो। विगत लामो समयदेखि लिम्बू भाषा व्याकरणको अध्ययन गरी गराई आइरहेका छन्। लिम्बु भाषा व्याकरण छलफल तथा विश्लेषण मा विभिन्न जिल्लाबाट उपस्थिति साथै विभिन्न संघ-संस्थामा आबद्ध र याक्थुङ सकसक लेखक तथा प्रशिक्षक हरूको समेत उपस्थिति रहेको थियो। छथरे याक्थुङ पान समाज धरानबाट प्रकाशित याक्थुङ सक सक लेखक हितराम ताम्लिङ ज्यूको वर्णमाला को विषयमा बृहत छल-फल समेत गरिएको थियो।याक्थुङ चुम्लुङ केन्द्र को पहलमा यो दोस्रो मिटिङ सुनसरी जिल्लाको इटहरी खुखुरी होटलमा सम्पन्न भएको छ। उक्त मिटिङमा विभिन्न लेख साहित्य तथा भाषा विज्ञहरूसँग को यो मिटिङ आज दोस्रो मिटिङ रहेको छ। विशेष गरेर याक्थुङ सकसक सम्बन्धी कलम चलाउने तथा अनुसन्धान कर्ताहरू ले आफ्नाआफ्नो तर्क समेत राख्नुभएको छ। अध्यक्ष कताका अनुसार यो विश्वव्यापी तथा लिम्बुवान भरि नै यसरी नै मिटिङ र प्रशिक्षणको आयोजना गर्ने आजको अध्यक्षज्यूले जानकारी दिएका छन्। नौ जिल्ला लिम्बुवान मा यसरी नै भाषा साहित्य तथा लेख सम्बन्धी विभिन्न तह मा रहेका लेखक तथा संकलकज्यूहरूको राय सुझाव र मिटिङ राख्ने अध्यक्षज्यूले बताएका छन्।फोटो फोटोः- याक्थुङ सा निश्चल,



फोटोः- याक्थुङ सा निश्चल,








