मुकुमलुङ र पाथिभरामा केबलकार बिकास कि बिनाशरु
✍️ बिचार –
जति साथिहरु पाथिभरा परिसरमा केबलकार बन्नु बिकास हो भन्ने भ्रममा हुनुहुन्छ भने आँखा खोल्नुहोस । छोटो मिठो तरिकाले बुझौं ( हरेक क्षेत्रको आफ्नो अस्तित्व ( ऐतिहासिक फरक वा बिशेष मान्यता हुन्छ । त्यही फरक इतिहास र मान्यताले नै त्यो ठाउँ बिशेष बन्दछ र सबैको लागि त्यो महत्वपुर्ण बन्दछ र मान्छेहरुको आकर्षण बन्ने गर्दछ। पाथिभराको त्यहि बिशेषता इतिहास र मान्यताले नै त्यस्को बेग्लै महत्व बनेको छ र त्यस्को मुल्य बेग्लै छ्। केबलकार बिकास हो भन्ने सोच्नुहुन्छ भने सम्झनुहोस त पाथिभरा जस्तै आस्था बोकेका तिर्थस्थल बद्रीनाथ र केदारनाथमा अझैसम्म किन केबलकार बनेनरु किन अझै त्यहाँ मन्दिरसम्म पुग्न पैद्ल यात्रा गरिन्छरु त्यहाँको सरकार वा प्राइभेट कम्पनिले लगानि गर्ने रुचि नभएर होइन । किनकि केदारनाथको त्यहि पैदल यात्रा गर्नु नै आस्था मान्यता र बिशेषता हो र त्यहि फरक बिशेषता नै केदारनाथको प्रसिध्दि हो र त्यसको महत्व बेग्लै छ। त्यसरिनै पाथिभराले एउटा मान्यता आस्था र बिशेषता बोकेको छ। के उसो भए बिकास चाहिदैनरु बिकास गर्ने शैली, आधार र आवश्यकता अनुरुप त्यहाँको बिकास गरिनुपर्छ्। त्यहाँको आस्था , मान्यता, सांस्कृतिक इतिहास र भुगोल जोगाउदै त्यहि अनुसारको बिकास गरिनुपर्दछ्। एउटा ब्यक्ति र एउटा कम्पनि पोस्न पुँजिपतिहरुको पहुँचको बलमा त्यहाँको बिशेषता मास्ने र प्राकृतिक वातावरण मास्ने काम निन्दनीय छ्। बिकासको शैली बुझ्ने हो भने बालेन शाहले अहिले गरिरहेको बिकासको अवधारणा बुझे मात्रै काफि छ्। हालसालै बालेनले बनाएको फलैचा ९ बस स्ट्यान्ड ० त्यहाँको पुरानो संस्कृति र पहिचान कायम गर्दै बनाएको फलैचा आफैमा एक बिशेषता बोकेको फलैचा हो जस्को महत्व बेग्लै छ्। जसरि नयाँ सिमेन्ट र इटाले बनेको धरहरालाई बालेनले सेतो टावर भने त्यस्को अर्थ बुझ्न जरुरि छ्। बिकास भनेर सगरमाथा आरोहण गर्न सजिलोको लागि त्यो ठाँउको प्राकृतिक वातावरण नष्ट गर्दै केवलकार निर्मार्ण गर्नु र पाथिभराको लागि त्यहाँको प्रकृति नष्ट गर्दै केवलकार निर्माण गर्नु अत्यन्तै मुर्खता हो । साथै पाथिभराको अस्तित्व मेटाउदै एक ब्यक्तिले सम्पत्ति आर्जन गर्ने काम हो , पुँजिपतिको हालिमुहाली र मजदुर श्रमिकको पतन हो।साभार सामाजिक संजाल बाट
मुकुमलुङ र पाथिभरामा केबलकार बिकास कि बिनाशरु ✍️ बिचार








