झापा असोज ४ गते शुक्रवार, चन्द्र मादेन आन्छन,,दमकको स्थानीय फाल्गुनन्द चोक स्थित साहित्य कला सङ्गमको सभाहलमा सो साहित्यिक संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्वमा चन्द्र मादेन आन्छन द्वारा लिखित “आन्छनका कथाहरु“ पुस्तकको चर्चा र सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रतिभा निकेतन साहित्यिक संस्थाका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार खेमलाल पोखरेल, विशिष्ट अतिथि साहित्यकार चन्द्र मादेन आन्छन हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा दमक वहुमुखी क्याम्पसका प्राध्यापक एवं वाँस्कोटा धनन्जय, प्रतिभा निकेतनका अध्यक्ष एवं शिक्षाविद् कमलराज भट्टराई लगायत विभिन्न लव्ध प्रतिष्ठित व्यक्तित्वहरुको वाक्लो उपस्थित रहेको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि र विशेष अतिथिहरुलाई संस्थाका अध्यक्ष न्यौपानेले मायाका चिनो सुद्ध नेपाली ढाका टोपी र पवित्र रुद्राक्ष माला पहेराई स्वागत गर्नु भएको थियो ।आन्छनका कविता माथि चर्चा गर्दै समीक्षक एवं साहित्य कला सङ्गमका उपाध्यक्ष विन्दु दाहाल मूकदर्शकले आन्छनका पुस्तक भित्र अक्षर, चित्रहरु र वाहिर आवरण रङ छरितो, सुन्दर र आकर्षण भएको र कथाहरु पनि पठनीय रहेको कुरा गर्दै १०वटा प्रत्येक कथाहरुको छुट्टाछुट्टै वर्णन गर्नु भयोभने, अर्का समीक्षक प्राध्यापक एवं वरिष्ठ साहित्यकार वाँस्कोटा धनन्जयले राजनीतिक, सामाजिक, पारिवारिक, मायाप्रेम देखि प्रकृतिक चराचरहरु आदि देखि विकृति विसंगतिका कुराहरु सवैलाई समेटिएर लेखिएको यस कथामा पात्रहरुको सम्वादलाई केहि लामो,छुट्टै र स्वतन्त्र हुनुपर्ने सुझाव दिनुभयो । विशिष्ट अतिथि चन्द्र मादे आन्छनले पनि आयोजक संस्थाले यति ठूलो सुकार्य गुन लगाएकोमा सवैलाई धन्यवाद दिदै समीक्षकहरुको विचारलाई शिरोपर गरेको कुरा सुनाउदै एउटा देशभक्ति कविता सुनाउनु भएको थियो । उक्त संस्थाको सचिव दीपक सुवेदीद्धारा संचालित सो कार्यक्रममा कविहरु – मेघनाथ वन्धु, यादव प्रसाद नेपाल, दधिराम खनाल, शान्त प्र. भट्टराई, खड्ग व. खड्गा, मदन सिवाकोटी, राज कुमार खड्गा, नेत्र प्र. अधिकारी, अम्विका अधिकारी, विरेन्द्र खड्गा, दुर्गा खनाल काफ्ले, गोपाल प्र. दाहाल, शारदा निरौला, डिल्लीराम निरौला, कृष्ण उदासी, ओम प्र. खनाल आदि दुई दर्जन स्रष्टाहरुले देश प्रेम र समसामयिक गद्य र पद्य कविता सुनाउनु भएको थियो भने । कवि कृष्ण प्रसाद सिग्देलले “चन्द्र मादेन आन्छन“ उनी मेरो कक्षा सहपाठी र वालसखा मित्र भएको र उनको उनको मादेन खानदान खलक वावु वाजे सवैलाई म जान्दछु भन्दै – मैले यहाँ वस्तावस्दै १२,१५ मिनेटमा तैयार गरेको सृजना भन्दै आन्छनको प्रशंसा गरेर छन्द कविता सुनाउनु भएको थियो । अन्त्यमा, सो समारोहका सभापति विष्णु न्यौपानेले आन्छनजीको पुस्तक समीक्षा गर्ने मौका आफ्नो संस्थालाई दिनुभएकोमा सरजक आन्छनलाई धन्यवाद दिदै उपस्थित सवै प्रति हार्दिक आभार भन्दै एउटा समसामयिक कविता वाचन गर्दै कार्यक्रम विसर्जन गर्नुभएकोथियो । स्मरणीय रहोस – साहित्य कला सङ्गम विगत ३० वर्ष अघि देखि पूर्वकै सकृय कृयाशील साहित्यिक संस्था कहलिन्छ ।



फोटो तस्विर:-चन्द्र मादेन आन्छन,








