समय : ०३:२६ pm | सोमबार , भाद्र २९ गते २०८३

विश्व बजारमा सिलटिमुरको माग उच्च , नेपालमा खेर जाँदै,

सेवालुङ खवर | श्रावण २७ गते २०८२

काठमाडौँ। नेपालको मध्य-पहाडी क्षेत्रमा पाइने सुगन्धित मसला सिलटिमुरको माग युरोप, अमेरिका र जापानजस्ता अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढेको छ। यसको अनुपम स्वाद र औषधीय गुणका कारण विश्व बजारमा चर्चा कमाएको सिलटिमुर नेपाली किसानका लागि महत्वपूर्ण नगदे बाली बन्ने अवसर सिर्जना भएको छ।परम्परागत रूपमा पेट र दाँतको दुखाइ कम गर्न प्रयोग गरिने सिलटिमुरमा प्राकृतिक रूपमा दुखाइ कम गर्ने र एन्टिअक्सिडेन्ट तत्वहरू पाइन्छन् । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। यसबाट निकालिने सुगन्धित तेल अत्तर र सौन्दर्य सामग्रीमा प्रयोग हुने हुँदा यसको मूल्य उच्च रहेको छ।नेपालमा भने यसको प्रयोग र महत्व घट्दै जाँदा खेर गैरहेको सिलटिमुरको व्यवस्थित खेती र बजारीकरण गर्न सके यसले हजारौं किसानको जीवनस्तर सुधार्दै देशको निर्यात व्यापारमा समेत टेवा पुर्‍याउने देखिन्छ। krishinews

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्