ताप्लेजुङ २०८१ चैत्र ३१ गते / ताप्लेजुङको नेपाल किसान माहासंघको चौंथो जिल्ला महाधिवेशन सम्पन्न भएको छ । नेपाल किसान माहासंघको आयोजनामा र नेपाल किसान माहासंघका केन्द्रिय सदस्य श्री तिल प्रसाद सुबवाको संयोजकतमा सम्पन्न भएको हो । नेपाल किसान माहासंघको जिल्ला चौंथो महाधिवेशनमा नेपाली कंग्रेसका जिल्ला सभापती श्री गजेन्द्र तुम्याङ आथित्य तथा नेपाल किसान माहासंघका घनेन्द्र गुरुङ सभा अध्यक्षतमा उक्त महाधिवेशन सम्पन्न भएको थियो । नेपाल किसान माहासंघका जिल्ला महाधिवेशनमा विभीन्न भात्रि संगठनका प्रमुख लगायत प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।भिम ब. गुरुङ नेतृत्वमा ३३ जनाको नयाँ जिल्ला कार्यसमिती गठन भएको छ । महाधिवेशनले केन्द्र सहित प्रदेशमा १० जनालालाई पठाउने निर्णय समेत भएको नेपाल किसान माहासंघका केन्द्रिय सदस्य श्री तिल प्रसाद सुब्वाले बताउनु भएको छ । किसान माहासंघको महाधिवेशनमा कृषकलाई प्राथमिकता दिने किसानलाई प्रोत्साहन हुनु पर्ने जस्ता बृहत छलफलको रुपमा भएको केन्द्रिय सदस्य सुब्वाले बताउनु भयो ।













