समय : ०५:२३ pm | शुक्रबार , वैशाख ४ गते २०८३

सिरिजङगा गाउँपालिका अवस्थित सिरिजङगा पर्यटन महोत्वसव २०८१ मनाउने,

सेवालुङ खवर | चैत्र ५ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङगा गाउँपालिका अवस्थित सिरिजङगा पर्यटन महोत्वसव २०८१ मनाउने भएको छ । सिरिजङगा गाउँपालिको आयोजनामा उत्त सिरिजङगा पर्यटन महोत्वसव मनाउने भएको हो । नेपाल पत्रकार माहासंघको शाखा कार्यालयमा पत्रकार सम्मेलन मार्फत सिरिजङगा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले विविध पुर्व आग्रहका साथ पर्यटन महोत्वसव मनाउने भन्दै यहि बैशाख ५ देखि १५ गते सम्म सञ्चालन हुने जानकारी गराएका छन् । माहोत्वसवमा याक तथा चौंरी प्रदशनी,कला सहित्य तथा सातिक कर्याक्रम लगयत खुल्ला हाफ म्याराथन प्रतीयागिता,प्यारा ग्लाइडिङ माउन्टेन साईकिलिङ,तथा अन्य बिधा अनुसार खेल पतियो हुने पनी उपा अध्यक्ष मोबोले बताएका छन् । उक्त महोत्वस कार्यक्रमको लागी भने ५२ लाख खर्च हुने सिरिजङगा गाउँपालिकाले जनाएको छ । खुल्ला हाफ म्याराथन तर्फका बिजेताले नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ,उपबिजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, र तृतीय हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार पाउने छन् । सरिजङगा पर्यटन महोत्वसव २०८१ मनाउने स्थान भने सिरिजङगा गाउँपालिका याम्फुदेनको नयाँझोरेनी दुन्दु डाँडा अवस्थित हुने सिरिजङगा गाउँपालिकाले बताएको छ । सिरिजङगा पर्यटन महोत्वसव २०८१ मनाउने यसका उदेश्यहरु कञ्चनजङ्घा हिमाल ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकामा पर्दछ । कञ्चनजङ्घाको उचाई ८५८६ मिटररहेको छ । यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा हिम श्रृंखलाको थुप्रै हिमालको प्रचार–प्रचार गरी पर्यटन प्रर्बद्धन गर्न र जलवायु परिवर्तनको असर बारे अध्ययन गर्नको निम्ति मिति २०८२ साल बैशाख १३ गते देखि १५ गते सम्म सिरिजङ्घा गाउँपालिकाले सिरिजङ्घा पर्यटन महोत्सवको आयोजना गरेको हो । संघीय सरकार र सिरिजङ्घा गाँउपालिकाको साझेदारीमा कञ्चनजङ्घा हिमश्रृंखला हेर्न जाने साहसीक पद मार्ग बनाएको छ । जुन मार्ग भएर जाँदा मकालु देखि कञ्चनजङ्घा हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । यो बाटोको महत्वपुर्ण पक्ष नै यहिँ हो । यस कञ्चनजङ्घा क्षेत्रमा नाउर, हिम चितुवा, रेड पाण्डा, भारल,डाँफे, मुनाल, चौंरी, याक, कस्तुरी जस्ता महत्वपुर्ण जीवजन्तु र पशु पंक्षिहरु पाइन्छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र हिमाली जीव जन्तु तथा पक्षिहरूको जोखिम अवस्थाको पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्नु र पर्यटन प्रवद्र्धनगर्नु यो आयोजनाको मुख्य उद्वेश्य रहेको छ ।

फोटो:तस्विर बसन्त (लाबुङ)लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्