ताप्लेजुङ,ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण बुधबार भएको खेलमा सगरमाथा युथ क्लवले क्वाटर फाइनल खेल जित्दै मोरङ बिराटचौक सेमी फाईनल पुग्ने भएको छ । नेपाल सुपर लिग(एनएसएल)को फ्रेन्चाइजी समेत रहेको बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पररजित गर्दै सगरमाथा युथ क्लव सेमी फाईनल पुग्ने भएको हो । यस अघि सिराहा सलहेश फुटबल क्लव र ताप्लेजुङको संघर्ष स्र्पोटिङ क्लव सेमीफाईनल पुगेकेका छन् । मोरङको सगरमाथा युथ क्लवले आउँदो हुने पहिलो सेमीफाईनल खेलमा संघर्ष स्र्पोटिङ क्लव बिच फुङलिङसंग खेल्ने छ । बिहीबार दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड फुटबल क्लव झापासंग हुने भएको छ । यसबर्षको गोल्डकपका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।
लुम्बिनी एफसीलाइ पराजित गर्दै सगरमाथा युथ क्लव सेमी फाईनलमा








