ताप्लेजुङ, ताप्लेजुङको हिमाली संरक्षण मञ्चले रेडपाण्डा संरक्षण अभियान जनचेतना,संस्थागत गतविधी कार्यक्रमहरुको सञ्चालन गरेको छ । जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक रमेश राईले उक्त जानकारी गराएको हो । रेड पाण्डा नेटवर्कको सहयोगमा था हिमाली संरक्षण मञ्चले ४१ वटा कार्यक्रम सञ्चालन गर्दा यो अवधिमा १ करोड ९२ लाख ५५ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने बताएका छन् । कर्मचारीहरुको तलव,कार्यालय सञ्चालन गर्नको रकम विनियोजन भएको हो । अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीको पार्जन र पर्यटन प्रवद्र्धनमा लागत लाग्ने मञ्चले बताएको छ । सम्भावित बासस्थान भएका सबै क्षेत्रमा जिल्लाका कार्यक्रम सञ्चालन गर्दै आएकोपनी छ । मञ्चले फुङलिङ नगरपालिका निकायको सहकार्यमा आउँदो असोज ५ गते रेडपाण्डा म्याराथन समेत लागत रकम बिनियोजन गरेको छ । डिभिजन वन कार्यालय ,सामुदायिक वनका प्रमुखहरुबाट नियमित अनुगमन तालिम, वनमा चोरी शिकारी तथा चोरी निकासी न्यूनीकरण अनुगमन,कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद,रेडपाण्डा बुलेटिन प्रकाशन सहितका कार्यक्रम सञ्चालन गर्ने भएको छ । हिमाली संरक्षण मञ्चले रेडपाण्डा वासस्थान भएका क्षेत्रका विद्यालयहरुमा रेडपाण्डा तथा वातावरण संरक्षण सम्वन्धी स्थानीय पाठ्यक्रम पनी सुरुवात गरेको छ । रेडपाण्डाका वासस्थान भएका क्षेत्रमा रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम,रेडपाण्डा संरक्षण सम्वन्धी सञ्चालन गर्ने भएको छ । ,रेडपाण्डाको बासस्थान क्षेत्रमा उद्यमी अल्लो कपडा बुनाइ,कटाई,सिलाई र प्रविधि हस्तान्तरण सहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले कार्यक्रम पनी सञ्चालन गरेको छ । गोठमा बस्नेहरु,रेडपाण्डाका लागि अवलोकनमा आउने,उचित व्यस्थापन सहितका कार्यक्रम सञ्चालन गर्ने हिमाली संरक्षण मञ्चले जनाएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्न नगर प्रमुख, विभिन्न कार्यालयका प्रमुख सुरक्षा निकाय लगायत स्थानीय जनप्रतीनिधीहरुको भनाई रहेको थियो ।


फोटो तस्विर रमेश राई फेसबुक पेजबाट








