ताप्लेजुङ ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव मूल आयोजक समितिले ताप्लेजुङको पत्रकार माहसंघमा पत्रकार सम्मेलन गरेको छ । समुद्र सतहबाट करिव ३ हजार ७ सय मिटरको उचाईमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको तोक्पेगोलामा हुने पापुङस्थित साउन २५ गतेबाट तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव हुने मूल आयोजक समितिले बताएका छन् । तोक्पेगोला पर्यटन तथाचौरी महोत्सव मुल आयोजक समितीले पत्रकार सम्मेलन गर्दै कुनैपनि ठाउँका विशेषताहरु आम नागरिक सम्म पुग्ने भएकाले महोत्सवलाई सफल बनाउन आयोजजना गरेको हो । ती मध्ये ताप्लेजुङका पनि अधिकांस स्थानीय तहमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गराउने अधिकांस ठाउँहरु भएकोले महोत्सव गर्न लागेको हो । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङस्थित तोक्पेगोलामा साउन २५ गतेबाट भलिबल प्रतियोगिता,हाफ म्याराथन प्रतियोगिता सहित ४ दिने पर्यटन महोत्सव हुने आयोजक समितिले बताएका छन् । आयोजक समितिका आर्थिक संयोजक भनाई अनुसार ४ दिने महोत्सवका क्रममा करिव २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गराएको छ । प्रतियोगितामा सहभागी खेलाडीलाई खाने तथा बस्नेको निःशुल्क व्यवस्था हुने महोत्सव अवलोकन गर्न पुग्नेहरुका लागि तोक्पेगोला क्षेत्रमा रहेका बस्तिका घर तथा अस्थायी रुपमा बनाईएका टेन्ट र होटलहरुको व्यवस्थापन गरिने आयोजक समितिले बतएकोे छ । महोत्सव स्थलमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने र प्रतियोगिताका बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपबिजेताले ७१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाउने भएका छन् । १५ किलोमिटर दुरीमा हुने खुल्ला हाफ म्याराथनका बिजेताले नगद ३० हजार,उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने भएका छन् । बिजेता रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्ने रेडपाण्डा होटलका प्रोपाइटर सन्तोष शेर्पा तथा उपबिजेताको प्रायोजन हिमालयन् कन्ट्रक्सन प्रालिका प्रोपाइटर इन्द्र केदेमले गर्नु भएको छ । हाफ म्याराथनका बिजेता रकमको प्रायोजन ताप्लेजुङ विल्र्डस प्रालिका प्रोपाइटर निमा शेर्पा र उपबिजेता रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्दै आउनु भएका ठोक्प्या क्लवका अध्यक्ष ओङदी शेर्पाले गर्नु भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा पर्यटकिय आर्कषणको केन्द्र रहेको मिक्वाखोला र तोक्पेगोला क्षेत्रको भ्रमण अवलोकनले स्वर्गीय आनन्द प्रदान गर्ने भन्नुभएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महोत्सव मूल आयोजक समितिलाई हौसला प्रदान गर्दै चुनौतिपूर्ण उचाईमा हुने महोत्सव र उच्च तहको लेकाली क्षेत्रमा हुने भलिबल तथा हाफ म्याराथन सहितका प्रतियोगिता आफैंमा महोत्सवका आर्कषण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूको भन्नुभयो । केवल प्रचारप्रसारकै कारण कुनैपनि ठाउँका विशेषताहरु आम नागरिक सम्म पुग्ने भएकाले त्यो भुमिका यहां उपस्थित सम्पुर्ण ज्युहरुले निभाउनु हुनेछ भन्ने अपेक्षा गर्दै महोत्सवलाई सफल बनाउन यहाँ र यहांहरु आवद्ध सञ्चार माद्यमको समेत सहयोग रहने विश्वास रहेको आयोजकले बतएका छन् ।









