समय : ०२:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

श्रम संस्कृति पार्टी ताप्लेजुङद्धारा विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण

सेवालुङ खवर | भाद्र ७ गते २०८३

ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेको छ।पार्टीका जिल्ला सहसचिव रोशन लाबुङ लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिममा एक, मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा एक, सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा एक तथा सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिममा एक–एक गरी पाँचवटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो। पार्टीले जिल्लाभर निरन्तर श्रमदान अभियान सञ्चालन गरिरहेको सहसचिव लाबुङले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो। उहाँका अनुसार श्रमदान अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रमा मात्रै ३६औँ हप्ताको श्रमदान सम्पन्न भइसकेको छ।अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा बाटो मर्मत, सरसफाइ, सडक सोलिङ, सडक ढलान, अस्थायी पुल तथा फड्के निर्माण, पार्क सरसफाइ तथा वृक्षरोपण, बजार क्षेत्रमा डस्टबिन व्यवस्थापनलगायतका काम भइरहेका छन्।सहसचिव लिम्बूका अनुसार हालसम्म जिल्लाका ४० वटा वडाका विभिन्न स्थानमा निरन्तर श्रमदान अभियान सञ्चालन भइरहेको छ। स्थानीय आवश्यकता र समुदायको मागअनुसार विभिन्न सार्वजनिक काममा श्रमदान गर्दै आएको उहाँले बताउनुभयो।अभियानले स्थानीय समुदायमा आपसी सहयोग, सामाजिक एकता, श्रमप्रतिको सम्मान तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने सहसचिव लाबुङले विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि श्रमदान अभियानलाई थप विस्तार गर्दै निरन्तरता दिइने पार्टीले जनाएको छ।–किरण गदाइली,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्