ताप्लेजुङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ताप्लेजुङ फोनिजले २७औं स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान तथा शुभकामना कार्यक्रम गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ताप्लेजुङ फोनिजको आयोजनामा २७औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको हो। दिलकुमार फेम्बो अध्यक्ष प्रमुख अतिथि माला पालुवा,अक्षय कोष दाताका प्रतिनिधी बिशिष्ट अतिथि, खगेन्द्र फेम्बो,नेपाल आदिवासी जनजाति महासंघ ताप्लेजुङका उपाध्यक्ष वङगे शेर्पा, नेपाल पत्रकार महासंघका ताप्लेजुङ जिल्ला शाखाका अध्यक्ष सुवास आचार्य , नेपाल शेर्पा संघको अध्यक्ष दावा शेर्पा लगायत सम्पूर्ण सन्चारकर्मी बिभिन्न जातजाति संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनुका साथै शुभ कामना मन्तब्य राखेका थिए। २७औं स्थापना दिवसको कार्यक्रम फोनिज ताप्लेजुङका सचिव मनु मावाेले कार्यक्रम सञ्चालन गरेका थिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ताप्लेजुङ फोनिजले २७औं स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान भने चन्द्र पन्दाकलाई गरिएको फोनिजका ताप्लेजुङ जिल्ला शाखाका अध्यक्ष दिलकुमार फेम्बोले बताएका छन्।
फोनिजको २७औं स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान तथा शुभकामना कार्यक्रम सम्पन्न ,








