काठमाडौँ, साउन ४ गते । दुर्गा भगवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०८१÷८२ सम्म गैरकानुनी तवरबाट सामाजिक सुरक्षा भत्ताका शीर्षकहरुमा भत्ता प्राप्त गर्न योग्य नभएका व्यक्तिलाई भत्ता वितरण गरी गराइ भ्रष्टाचार गरेको आरोपमा ठाकुरविरुद्ध २९ लाख ४४ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । सो गाउँपालिकाका वडा अध्यक्ष धमेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरीविरुद्ध ३२ लाख २४ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।यसैगरी, आर्यादेवी ब्राहम्णीविरुद्ध ७५ हजार ९७३, निर्मला देवी बाहुनीविरुद्ध एक लाख तीन हजार ९२०, नैनावती मालिनविरुद्ध एक लाख ११ हजार ८४०, पूनम देवीविरुद्ध ७९ हजार ९७३, फुलशंकर कुमारी देवीविरुद्ध, भगवनिया देवी मालिनी, मन्दोदरी देवी, महाकाली देवी, सुकुराती देवीविरुद्ध ७५ हजार ९७३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।मायादेवी बाहुनीविरुद्ध एक लाख ५१ हजार ९७३, मुन्द्रीका देवीविरुद्ध ९५ हजार ९७३, रेनु देवीविरुद्ध ७९ हजार ९२०, ललिता देवी बाहुनीविरुद्ध ४० हजार, बैंदेही देवीविरुद्ध ७५ हजार ९७३, शकुन्तला देवी झाको हकवाला प्रेम चन्द्र झाविरुद्ध ९१ लाख ७९३, सैल देवी झाविरुद्ध एक लाख ७१ हजार ९७३, सम्झा दवेी बाहुनीविरुद्ध ७५ हजार ९७३, सोनापती देवी बाहुनीविरुद्ध ६८ हजार, बैदेही देवीविरुद्ध एक लाख २० हजार, श्रीमती भारती देवीविरुद्ध ७२ हजार, सकुन्तला देवी ब्राहमणीविरुद्ध १६ हजार, जदु नन्दन साह सोनारविरुद्ध ८४ हजार र धनेश्जर झाविरुद्ध ३२ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।गोरखापत्र अनलाइन :
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा








